
काठमाडौं, १५ चैत्र । ग्रीन डेभलपमेन्ट बैंकको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन गरिएकाे छ। बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनकाे लागि बुकक्लोज गरेपछि शेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे हाे ।
कम्पनीको ५.७५ प्रतिशत बोनस शेयर समायोजन भएकाे छ । समायोजनपछि बैंकको शेयरमूल्य १ हजार ३४७ रुपैयाँ ४५ पैसा कायम गरिएकाे छ। याे अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यकाे आधारमा शेयरमूल्य समायोजन गरिएकाे हो। बिहीबार, दोस्रो बजारमा शेयर प्रतिकित्ता १ हजार ४२४ रुपैयाँ ९३ पैसामा अन्तिम कारोबार गरिएकाे थियो ।
बैंककाे बाह्रौँ साधारण सभा चैत २७ गते, होटल पिस प्यालेस, हरि शंकर रोड, बाग्लुङ्ग नगरपालिका २ मा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।
सभाबाट ५.७५ प्रतिशत बोनस शेयर, कर प्रयोजनका लागि ०.३०२७ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ । साथै बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १ बराबर १.१०७१ प्रतिशतकाे दरले हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव अनुमाेदन गरिनेछ ।
सभामा प्रबन्धपत्र तथा नियमावलीकाे संशोधन, उपयुक्त लागेका बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशनकाे कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको चयन, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिने भएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




