साग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य

-



     सफल आवाज    
     चैत्र २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ चैत । सांग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेज चाबहिल बीच आपसी सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । जस अनुसार सांग्रिला डेभलपमेन्ट बैंकले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई इन्टर्नसिप, स्थलगत अवलोकन भ्रमण लगायतमा प्राथमिकता दिनेछ ।

बैंकले आयोजना गर्ने विभिन्न कार्यक्रममा सेन्ट लरेन्स कलेजका तर्फबाट सक्रिय सहभागिता रहनेछ भने कलेजले आयोजना गर्ने ‘जब फेयर’ लगायत कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको सहभागिता रहनेछ ।

यो सहकार्य दुई वर्षसम्म लागू हुने बैकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बताएका छन ।