सुनमा रू ७ सयले गिरावट, चाँदीकाे भाउ बढ्याे

-



     सफल आवाज    
     चैत्र २५ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २५ चैत । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार नेपाली सुनचाँदी बजारमा बजारमा सुनचाँदीकाे भाउमा तलमाथि भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनकाे भाउ घटेकाे तथा चाँदीकाे भाउ बढेकाे जनाएकाे छ । पछिल्ला दिनहरूमा लगातार सुनकाे भाउ घट्दै आएकाेमा यसिदन पनि त्यसले निरन्तरता पाएकाे छ ।

महासंघले जनाए अनुसार साेमबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले घटेर ताेलाकाे १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँ बढेको छ। आइतबार चाँदी ताेलाकाे १ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ।