नेप्से सामान्य अंकले बढ्याे, ५ अर्ब ३० करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ चैत्र । साताको शेयर कारोबार हुने पाँचौ दिन मंगलबार नेपाली शेयर बजार सकारात्मक बनेको छ । नेप्सेमा झिनो अंकको बृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.७३ अंकले बढेको छ । यसरी बढेको नेप्से २६७१.८० विन्दुमा अडिएको छ । नेप्सेमा ०.०६ प्रतिशतले बृद्धि भएको छ ।सेन्सेटिभ इण्डेक्स ०.४४ अंकले घटेर ४४५.५५ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी रहेका ९ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३२१ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ६ लाख ४३ हजार ४६९ कित्रा शेयरको कारोबार बाट ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार ९९७ रुपैयाँ ४९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआरएन इन्फ्रा स्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५९ करोड १४ लाख ४२ हजार ५४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बाराही हाइड्रोपावर पव्लिक लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ५.८५ प्रतिशतले बढेको छ ।