
काठमाडाैं, २८ चैत्र । एनआईसी एशिया बैंककाे चैत २५ गतेदेखि निष्काशन गरिएकाे ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ।
बैंकले १० वर्ष अवधिकाे ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्काशन गरेको हाे । यसकाे वार्षिक ब्याजदर ७ प्रतिशत रहेकाे छ।
बैंकले रूपैयाँ १ हजार दरकाे ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। यसबाट ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत बाँडफाँड हुनेछ ।
बाँकी रहेकाे २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिने भएकाे छ। यसमध्ये १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । लगानीकर्ताले घटीमा २५ र बढीमा २५ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




