सुनमा ऐतिहासिक रेकर्ड, तोलाको १ लाख ८१ हजार १ सय

-



     सफल आवाज    
     चैत्र २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ चैत्र । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सुनचाँदी बजारमा सुनको भाउले ऐतिहासिक रकेर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ हजार ७ सयले बढेको जनाएकाे छ । चाँदीमा रुपैयाँ ६५ ले बृद्धि भएको छ ।

यसदिन छापावाल सुनमा एकैदिन रुपैयाँ ५ हजार ७ सयले बढेर तोलाको १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ ६५ ले बढेर तोलाको १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी तोलाको १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।