नेप्से ५.५७ अंकले घट्याे, ५ अर्ब ६३ करोडको कारोबार

-



     सफल आवाज    
     चैत्र २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ चैत्र । साताको शेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली शेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुनामा केहि बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.५७ अंकले घटेर २६७०.७० को विन्दुमा झरेको छ । नेप्सेमा ०.२० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डडेक्स ०.१९ अंकले घटेर ४४६.०३ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ४ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको छ । यसदिन कसल ३२१ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड १३ लाख ८४ हजार ७२५ कित्रा शेयरको कारोबार बाट ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ २३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी राधि बिद्युत कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३५ करोड ९४ लाख ७१ हजार ८५५ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ४.३७ प्रतिशतले घटेको छ ।