
काठमाडाैं, २९ चैत । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम् ८५ रुपैयाँसम्मकाे बोनसदर सार्वजनिक गरेको छ । कम्पनीको आर्थिक वर्ष २०८०/८१ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृत भएर बीमालेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।
कम्पनीले जारी गरेको विभिन्न पोलिसीहरुमा प्रतिहजार न्यूनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको बताएकाे छ ।
इन्स्योरेन्सले सावधिक जीवन बीमालेख अन्तर्गत ९ वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, १५ देखि २० वर्षका लागि ६४ रुपैयाँ, २१ देखि २५ वर्षका लागि ७० रुपैयाँ, २६ देखि २९ वर्षका लागि ८५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि पनि ८५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
सावधिक तथा आजीवन बीमालेखअन्तर्गत ९ वर्ष अवधिको लागि ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मका लागि ६४ रुपैयाँ, १५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्ष वर्षसम्म ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्म ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिका लागि पनि ८५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
अग्रिम भुक्तानी सावधिक बीमालेखअन्तर्गत ९ वर्ष अवधिसम्मका लागि ६३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६३ रुपैयाँ, १५ देखि २० वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २१ वर्षबाट २५ वर्षसम्मको लागि ६४ रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्म ६४ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६४ रुपैयाँसम्म बोनसदर कायम निर्धारण गरेको छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




