
काठमाडाैं, ३१ चैत्र । ट्रेड टावरले नयाँ वर्ष २०८२ काे आगमनसंगै यही बैशाख ८ गतेदेखि शेयर (आईपीओ) निष्काशन तथा बिक्रीमा ल्याउदैछ ।
कम्पनीका अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर खुलाउन लागिएकाे हाे । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्काशनकाे अनुमति लिएकाे थियो।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि रूपैयाँ ३ करोड ९७ लाख १६ हजार ९३० बराबरको रूपैयाँ ३ लाख ९७ हजार १६९.३० कित्ता निष्काशन गर्न लागेको हो।
शेयरमा घटीमा १० कित्ता तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। वैदेशिक रोजगारीमा रहेका लगानीकर्ताले बैशाख २२ गतेसम्म आवेदन दिन पाउनेछन्।
शेयर लगानीमा लागि लगानीकर्ताले सेबाेनबाट स्वीकृती लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरूबाट र मेरो शेयर अनलानबाट आवेदन दिन पाउनेछन्।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




