मातृभूमि लघुवित्तकाे एजिएम आज, एफपीओ निष्काशनकाे प्रस्ताव पारित गर्दै

-



     सफल आवाज    
     वैशाख २ गते २०८२ मा प्रकाशित



काठमाडौं, २ वैशाख । मातृभूमि लघुवित्त वित्तीय संस्थाकाे साधारण सभा आज बसेकाे छ । सभामा लाभांशसम्बन्धी प्रस्ताव छैन । साधारण सभा, अमुप्रस्थ ब्यांक्वेट, एन्ड इभेन्ट्स बुढानिलकण्ठ काठमाडौंमा बाेलाइएकाे हाे ।

सभाका लागि एफपीओ निष्काशनकाे विशेष प्रस्ताव रहेकाे छ । सभाले अन्य उपयुक्त लागेका बैंक–वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनकाे काम गर्नका लागि जिम्मेवारी सञ्चालक समितिलाइ दिनेछ । साथै प्रबन्धपत्र एवं नियमावली संशोधनका प्रस्ताव रहेको छ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह लगायतका वित्तीय एजेण्डाहरूमा छलफल गरिदैछ । सभाले आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र निजकाे पारिश्रमिक ताेक्नेछ ।

साधारण सभाकाे प्रयोजनका लागि लघुवित्तले चैत २२ गते आइतबार बुक क्लोज गरेकाे थियाे । लगानीकर्ता शेयरधनीहरूले सभामा भाग लिनका लागि चैत २१ गतेसम्म शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।