सुनमा रू १७ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

-



     सफल आवाज    
     वैशाख २ गते २०८२ मा प्रकाशित



काठमाडौं, २ वैशाख । साताकाे सुनचाँदीकाे काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली बजारमा सुनचाँदीकाे भाउ घटेकाे छ ।

आइतबार सुनकाे भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियाे । फेरि सुनको भाउ आज ओरालोकाे यात्रामा गएकाे छ ।

गएकाे आइतबार प्रतितोला रू एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा रू एक हजार ७०० ले घटेर रू एक लाख ८४ हजार ३०० मा काराेबार भइरहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा रू १५ घटेर ताेलाकाे रू एक हजार ९४५ मा खरिदबिक्री भइरहेकाे छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको महासंघले जनाएकाे छ ।