नेप्से २७.१४ अंकले बढ्यो, साढे ८ अर्बको कारोबार

-



     सफल आवाज    
     वैशाख २ गते २०८२ मा प्रकाशित



काठमाडौं, २ वैशाख । साताको शेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ ।

नेप्सेको उकालोको यात्रालेृ लगानीकर्ताहरुलाई उत्साही नाएको छ । कारोबार रकम पनि अघिल्ला दिनहरुको भन्दा बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.१४ अंकले बढेर २६८९ विन्दुमा रहेको छ । नेप्सेमा १.०१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.०७ अंकले बढेर ४५०.५२ विन्दुमा रहेको छ ।

यसदिन कुल ३२० कम्पनीहरुको शेयर कारोबार भएको छ । उनीहरुकोे २ करोड १८ लाख ४१ हजार ४७ कित्ता शेयरको खरिदबिक्रीबाट ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार ८८७ रुपैयाँ ८१ पैसा बराबरको कारोबार भएको छ ।

१३ उपसमूहहरुमध्ये २ वटामा मात्रै रातो लागेको छ । बाँकी रहेका ११ वटा उपसमूहहरुमा हरियो लागेको छ । कारोबारको आधारमा सबैभन्दा बढी बलेफि हाइड्रोपावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको २ अर्ब १२ करोड ९ लाख ९३ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य बढेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी बलेफि हाइड्रोपावर लिमिटेडको शेयरमूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ९.६९ प्रतिशतले घटेको छ ।