
काठमाडाैं, ३ वैशाख । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले आजदेखि एक अर्ब रुपैयाँ बराबरको रिलायबल समृद्धि योजनाको इकाई सार्वजनिक निष्काशन गरेकाे छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरकाे १० करोड इकाई बिक्रीमा ल्याएकाे हाे । १० वर्षकाे अवधि रहेकाे रिलायबल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त योजना बन्दमुखी योजना हो।
कुल १० करोड इकाईको १ करोड १५ लाख इकाईबाट १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका लागि रहेकाे छ । १० लाख इकाई योजना व्यवस्थापकका लागि र बाँकी रहने ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि रहेकाे छ । यसका लागि घटीमा १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाइने छ।
फण्डको इकाईमा लगानीका लागि वैशाख ७ गतेसम्म आवेदन दिन पाइने छ। ताेकिएकाे अविधमा पूरा इकाई बिक्री नभएमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिने भएकाे छ ।
फण्डको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




