
काठमाडाैं, ३ वैशाख । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गर्न साधारण सभा डाकेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.२१ प्रतिशत लाभांश वितरण गर्न घोषणा गरेको लाभांश अनुमाेदनका लागि सभा डाकेकाे हाे ।
कम्पनीकाे सोह्रौँ साधारण सभा बैशाख २९ गते, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पूर्वान्ह साढे ११ बजे बाेलाइएकाे छ। सभामा १३.५० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव पारित गरिने भएकाे छ ।
यस्तै सभामा अन्य कुनै उपयुक्त लागेका वित्तीय संस्थासंग मर्जर वा एक्विजिशनमा जने भए त्यससम्बन्धी कार्य गर्न, प्रबन्धपत्र, नियमावली संशोधनकाे जिम्मवारी सञ्चालक समितिलाई दिने, लेखापरीक्षककाे नियुक्ति र पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु पेश हुनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैशाख ११ गते बुकक्लोज हुने भएकाे छ । लाभांश पाउन र सामा भाग लिनका लागि शेयरधनीहरूले बैशाख १० गतेसम्म शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




