सुनको भाउ हालसम्मकै उच्च, तोलाको १ लाख ८७ हजार

-



     सफल आवाज    
     वैशाख ३ गते २०८२ मा प्रकाशित



काठमाडौं, ३ वैशाख । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन तोलामा रुपैयाँ २७ सयले बढेको जनाएको छ । यस्तै चाँदीमा रुपैयाँ १० ले बढेको जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ २७ सयले बढेर तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।