नेप्सेमा ९.७५ अंकको बृद्धि, ७ अर्ब २६ करोडको कारोबार

-



     सफल आवाज    
     वैशाख ३ गते २०८२ मा प्रकाशित



काठमाडौं, ३ वैशाख । साताको शेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली शेयर बजारमा दोहोरो अंकको बृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.७५ अंकले बढेर २६९८.९७ विन्दुमा रहेको छ । नेप्सेमा ०.३६ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.५४ अंकले बढेर ४५२.०६ विन्दुमा रहेको छ ।

१३ उपसमूहमध्ये ५ वटामा रातो लागेको छ । बाँकी रहेका ८ वटामा हरियो लागेको छ । कुल ३२९ कम्पनीहरुको शेयर कारोबार भएको छ ।

उनीहरुको १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयरको कारोबार बाट ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २४१ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै न्यादी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको ५९ करोड ४१ लाख ५३ हजार ९६० रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयरमूल्य बढेको छ । बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य घटेको छ । संस्थाको शेयरमूल्य ५.५५ प्रतिशतले घटेकोा छ ।