
काठमाडौं, ७ वैशाख । वाणिज्य बैंकहरुमध्येमा नबिल बैंक सबैभन्दा बढी नाफा कमाउन सफल बैंक बनेकाे छ। बैंककाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले साे नाफा कमाएकाे हाे ।
यस आर्थिक वर्षको ९ महिनासम्मकाे आकडाअनुसार बैंकले रुपैयाँ ५ अर्ब ५ करोड १४ लाख खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ८.२१ प्रतिशतले बढी हो। गएकाे वर्षकाे साे अवधिमा नाफा रुपैयाँ ४ अर्ब ६६ करोड ८० लाख थियो।
बैंकको खुद नाफा बढेकाे छ । खुद ब्याज आम्दानी घटेकाे छ । यसकाे इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा सुधार भएकाे हाे ।
खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेको छ । खुद फि र कमिशन आम्दानी २.२७ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ०.२० प्रतिशतले घटेको छ । यसकाे सञ्चालन मुनाफा १४.०३ प्रतिशतले बढेको छ। इम्पेरमेन्ट चार्ज ३ अर्ब २३ करोडबाट घटेर २ अर्ब २९ करोड रहेकाे छ। यसैका कारण खुद नाफा बढेकाे हो।
प्रतिशेयर आम्दानी १ रुपैयाँ ६५ पैसा बढेर २४ रुपैयाँ ८९ पैसा कायम भएकाे छ। बैंकको वितरणयोग्य आम्दानी २ अर्ब ८७ करोड रुपैयाँ छ । वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा छ। मूल्य आम्दानी रेसियाे १९.५६ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ भने २२६ रुपैयाँ ३६ पैसा रहेको छ।
बैंकको चुक्ता पूँजी रुपैयाँ २७ अर्ब ५ करोड ६९ लाख रहेकाे छ । जगेडामा रुपैयाँ ३४ अर्ब १८ करोड ९६ लाख छ भने रुपैयाँ ५ खर्ब २ अर्ब १० करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरेकाे छ । यसकाे कर्जा लगानी रुपैयाँ ४ खर्ब १ अर्ब १६ करोड २३ लाख रहेकाे छ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




