सुन भाउ तोलाकाे २ लाख नजिक, चाँदीमा पनि बृद्धि

-



     सफल आवाज    
     वैशाख ९ गते २०८२ मा प्रकाशित



काठमाडौं, ९ वैशाख । सुनकाे भाउ उकालाे लाग्ने क्रम राेकिएकाे छैन । अन्तरराष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढिरहेको छ । त्यसको असर विश्व बजारमा परिरहेकाे छ ।

आज सुन एक तोलाकाे एक लाख ९७ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

स्थानीय बजारमा सोमबारको तुलनामा आज एक तोलामा रू छ हजार ९०० ले सुनको भाउ बढेको हो । चाँदीको मूल्य पनि तोलामा रु १० ले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार ९७० कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ४७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।