
काठमाडाैं, १२ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटा कम्पनी ७ दिनभित्र दर्ता नभए प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।
आज राष्ट्रिय सूचना आयोगद्वारा आयोजना गरिएकाे सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा गुरुङ साे चेतावनी दिएका हुन्। उनले मेटालाई नेपालमा दर्ता हुनका लागि धेरै पटक सूचना जारी गरेकाे भएपनि अटेर गरिरहेकाे बताए ।
केही दिनअघि तेस्रो पटक जारि भएकाे सूचनाको अवधि सकिएको छ । उनले भने, अब ७ दिनभित्र मेटा दर्ता नभएमा उसलाई नेपालमा प्रतिवन्ध लगाइनेछ । नेपालबाट छिनछिनमा मेटामा पैसा गइरहेकाे छ, उसले दर्ता भएर कर तिर्नुपर्छ । मेटाले नेपालको कुल गाहस्थ्र्य उत्पादन (जिडिपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको सुनाउदै देशकाे स्वाधीनता पैसामा जोड्न नसकिने बताए ।
मेटा भनेपछि फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम चलिरहेका छन् । हरेक घण्टामा पैसा गइरहेको छ । हाम्रो पैसा लुट्ने अनि नेपालमा दर्ता गरेर कर तिर्नु पर्दैन ? गलत कुराहरू नियन्त्रण गर्नुपर्दैन ? म सरकारमा आउने बित्तिकै सूचना जारी गरेकेा हुँ । तेस्रो पटक जारि गरेकाे सूचनाकाे अवधि सकिएकाे छ ।
अब मेटाले अब ७ दिनमा दर्ता गर्नुपर्छ अरू समय दिइन्न मन्त्री गुरूङले भने । देशभन्दा ठूलो भन्रे घमण्ड रहेछ उनीहरूमा । नेपालको जिडिपी हामीभन्दा थाेरै भन्दाे रहेछ । हाम्रो संस्था भन्दा नेपाल सानाे भन्ने रहेछ । उनले भने, देशकाे स्वाधीनता पैसामा जाेड्ने कुरा हाेइन ।
मन्त्री गुरूङका अनुसार अहिले नेपालमा टिकटक, भाइबर र वी–टक दर्ता भएर चलिरहेका छन्।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




