साेमबार सुनचाँदीकाे भाउ घट्यो

-



     सफल आवाज    
     वैशाख १५ गते २०८२ मा प्रकाशित



काठमाडौं, १५ वैशाख । साताकाे सुनचाँदीकाे काराेबार हुने दाेश्राे दिन साेमबार आज सुनको मूल्य घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन तोलामा रु एक हजार ४०० ले गिरावट भएकाे जनाएकाे छ ।

आइतबार प्रतितोला रु एक लाख ८९ हजार ७०० मा कारोबार भएको सुन आज रु एक लाख ८८ हजार ३०० कायम भएको महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० घटेर एक हजार ९७० कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३०० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।