नेप्से ३.४४ अंकले घट्याे, ९ अर्ब २४ कराेडकाे काराेबार

-



     सफल आवाज    
     वैशाख २१ गते २०८२ मा प्रकाशित



काठमाडौं, २१ वैशाख । साताकाे शेयर काराेबार हुने पहिलाे दिन आइतबार शेयर बजारमा गिरावट भएकाे छ ।

नेप्से परिसूचक ३.४४ विन्दुले घटेर २६२०.३९ विन्दुमा रहेकाे छ । यसदिन कुल ९ अर्ब २४ करोड बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार ४ कम्पनीमा सकारात्मक सर्किट लागेकाे छ भने एउटामा नकारात्मक सर्किट लागेको छ ।

पछिल्ला दिनहरुमा कारोबारकाे अधिकांश अन्तिम समयमा सूचक घट्ने गरेको पाइएको छ । समग्रमा बजार लामो साइडवेजमा रहेकाे छ ।

जानकारहरुका अनुसार अब बजारले लय बद्लेर सकारात्मक माहोलतिर जाने अपेक्षा गरिएकाे छ ।

यसमा केन्द्रीय बैंकले गर्ने निर्णयले पनि प्रभाव पारेकाे हुन्छ । मौद्रिक नीतिको असर पुँजी बजारमा प्रत्यक्ष पर्ने भएकाले लगानीकर्ताहरुले गभर्नर नियुक्तिकाे विषयलाई चनाखाे भएर हेरिरहेका छन् ।

आज कुल ३ सय २२ कम्पनीको काराेबार भएकाे छ । २ करोड १९ लाख बढी कित्ता शेयरकाे कारोबार भएको नेप्सेसे जनाएकाे छ ।