
चितवन, २४ वैशाख । उच्च शिक्षा अध्ययनका लागि पोखरा पुग्नुभएका अर्घाखाँचीका ओमप्रकाश पाण्डेलाई अहिले पर्यटन व्यवसाय फलिफाप भएको छ ।
पर्यटकीय सहर पोखरामा ‘कमाउँदै–पढ्दै’ गर्ने क्रममा २०४५ सालमा होटलबाट काम सुरु गरेका पाण्डे अहिले स्थापित पर्यटन व्यवसायी बनेका छन् ।
पोखरास्थित होटलको आंशिक रोजगारीबाट यस क्षेत्रमा प्रवेश गरेका पाण्डे अहिले ६ वटा होटलको मालिक बनेर धेरैकाे प्रेरणाका स्रोत बनेका छन् ।
पोखराका होटल तथा ट्राभल एजेन्सीमा काम गरेको ज्ञान, सीप, अनुभव र सम्पर्कलाई सदुपयोग गर्दै अघि बढेका पर्यटन व्यवसायी पाण्डेले अहिले यस क्षेत्रमा धेरै जनालाई रोजगारी दिइरहेका छन्।
विसं २०२२ मा जन्मिएका पाण्डेले अर्घाखाँचीस्थित स्थानीय विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) सम्मको अध्ययन गरे । उच्च शिक्षा अध्ययनका क्रममा पृथ्वीनारायण क्याम्पस, पोखरा पुगेका उनले विज्ञानमा स्नातकसम्मको अध्ययन गरे ।
विद्यार्थीकालमा होटलमा तीन वर्ष काम गर्दाको अनुभवले उनी आत्मविश्वासका साथ यस क्षेत्रमा आकर्षित भएकाे बताउछन् । सुरुमा १ लाख ५० हजार लिएर पोखरामा भाडामा होटल सञ्चालन गर्न थालेका उनले विभिन्न आरोहअवरोहका बीच ४ वटा होटल चलाए ।
कहिले कमाइ गरे त कहिले गुमाए उनले भने, “होटल चलाउँदै गर्दा पहिला किनेको घडेरी बेचेर ऋण पनि तिर्नुप¥यो । पछिल्लो होटलले राम्रै कमाइ गर्यो भने ट्राभल एजेन्सीबाट पनि मनग्गे नाफा भयो ” पाण्डे भन्छन । अहिले पाण्डेले पाेखरा काठमाडाैं र चितवनमा हाेटल ल्याण्डमार्क संचालन गरिरहेका छन ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




