सुन तोलामा १४ सयले घट्याे, चाँदीमा बृद्धि

-



     सफल आवाज    
     वैशाख २६ गते २०८२ मा प्रकाशित



काठमाडौं, २६ वैशाख । साताकाे सुनचाँदीकाे काराेबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीकाे भाउ तलमाथि भएकाे छ ।

हाल अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हाे ।

बिहीबारको तुलनामा आज तोलामा रु एक हजार ४०० घटेको छ । चाँदीमा भने प्रतितोला रु पाँचले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ८०० कायम भएको छ ।

त्यसैगरी, एक तोला चाँदी रु एक हजार ९६० मा बेचबिखन भइरहेको छ ।

बिहीबार प्रतितोला सुन रु एक लाख ९२ हजार २०० र त्यति नै परिमाणको चाँदी रु एक हजार ९५५ मा खरिदबिक्री भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३३३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।