अपि पावरको नाफामा ६८९ प्रतिशतले बृद्धि, ईपीएस कति ?

-



     सफल आवाज    
     वैशाख ३० गते २०८२ मा प्रकाशित



काठमाडौं, ३० वैशाख । अपि पावर कम्पनीकाे नाफा बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा अधिक बढेको छ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ६८९ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेकाे थियो।

कम्पनीको खुद नाफा बढ्नमा विद्युत बिक्री आम्दानी बढेपछि सहयाेग पुगेको हो।

विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी २५.७७ प्रतिशतले बढेको छ। कुल नाफा १८.४७ प्रतिशतले बढेको छ । अन्य आम्दानी १ हजार २९९.५४ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा ७०.१३ प्रतिशतले बढेको छ।

प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७२ पैसा बढेर ७ रुपैयाँ ७६ पैसा भएकाे छ। नेटवर्थ १०९ रुपैयाँ ८५ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे भने ३५.२० गुणा छ। कम्पनीको चुक्ता पूँजी ६ अर्ब ७ करोड रहेकाे छ । अन्य इक्विटी ५९ करोड ८५ लाख रुपैयाँ रहेको छ।