दोर्दी खोला जलविद्युतकाे साढे १९ लाख कित्ता शेयर बिक्रीमा ल्याईदै

-



     सफल आवाज    
     जेठ २ गते २०८२ मा प्रकाशित



काठमाडौं, २ जेठ । दोर्दी खोला जलविद्युतकाे करिब साढे १९ लाख कित्ता शेयर लिलाम बिक्रीमा ल्याईने भएकाे छ ।

कम्पनीले यही जेठ ११ गतेदेखि यसअघि बिक्री नभएको १९ लाख ४६ हजार ६७६ कित्ता सेयर लिलामी बिक्री गर्ने भएको हाे ।

यसमा संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता रहेकाे छ । सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता शेयर रहेको छ । यी समूहको लकइन अवधि असार ७ गते सकिने भएकाे छ ।

सर्वसाधारण समूहकाे लकइन नभकाे ४ लाख ९५ हजार ६७९ कित्ता पनि लिलामी बिक्री गरिने भएकाे छ।लगानीकर्ताले घटीमा रुपैयाँ एक सयलाई आधार मानेर बोलपत्रमा सरिक हुनुपर्नेछ ।

शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले यस चाहनेहरुले जेठ १९ गतेसम्म गोप्य शिलबन्दी गरिएकाे बोलपत्र बुझाउनु पर्नेछ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।