
काठमाडौं, ७ जेठ । एकैदिन सुनकाे भाउ ताेलामा रुपैयाँ ५ हजारले बढेकाे छ । चाँदीमा रुपैयाँ ५० ले बढेकाे छ ।
साताकाे सुनचाँदीकाे काराेबार हुने चाैथाे दिन आज बुधबार सुनचाँदीकाे भाउमा उच्च वृद्धि भएकाे हाे ।
नेपाली बजारमा सुनचाँदीको भाउमा उल्लेख्य वृद्धि हुनुमा अन्तराष्ट्रिय बजारकाे प्रभाव मुख्य कारण रहेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी संघले छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको जनाएकाे छ । मंगलबार बजारमा छापावाल सुन प्रतितोला एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीको मूल्य पनि उल्लेख्य बढेको छ । चाँदी तोलामा ५० रुपैयाँले बढेको हो । यसदिन चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँ कारोबार भईरहेको छ ।
मंगलबारको बजारमा चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा काराेबार भएको थियो ।








काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




