
काठमाडौं, २१ जेठ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ७ वर्षे अवधिको ‘६ प्रतिशत निफ्रा उर्जा ऋणपत्र २०८८–८९” नामक ऋणपत्रमा आवेदनका लागि एक दिन थपिएकाे छ । अब लगानीकर्ताले बिहीबार जेठ २२ गतेसम्म आवेदन दिन पाउनेछन् ।
यसअघि बैंकले जेठ २१ गते आजसम्म समयावधि ताेकेकाे थियाे । बैंकका अनुसार जेठ १८ गते भोटो जात्रा परेकाेले सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकाे थियाे । साेहि कारण एक दिन थप गरिएकाे बैंकले जनाएको छ ।
निफ्रा)ले जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियाे । प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र बिक्रीमा ल्याएकाे हाे । यसबाट ३० लाख इकाई बैंकले विभिन्न संघसंस्थाहरुलाई बिक्री गर्ने भएकाे छ ।
२० लाख इकाई सर्वसाधारणका लागि रहेकाे छ । यसबाट १ लाख इकाई ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे छ । यसमा वार्षिक ६ प्रतिशत ब्याजदर दिने बैंकले जनाएकाे छ ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल लिमिटेड रहेकाे छ । लगानीकरताले थाेरैमा २५ इकाईदेखि बढीमा १० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।








काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




