
काठमाडौं, २३ जेठ। हिम स्टार उर्जा कम्पनीले जेठ ३० गतेदेखि आईपीओ निष्काशन गर्ने जानकारी गराएकाे छ। कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका स्थानिय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरिने भएकाे हाे ।
कम्पनीले ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा १ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि निष्काशन गर्नेछ ।
उक्त शेयरमा ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं. ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गा.विस वडा नं. १, २, ३, ४, ५ का स्थानिय बासिन्दाहरुले आवेदन दिन पाउनेछन्।
सर्वसाधारण लगानीकर्ताहरुका लागि ९३ लाख २५ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ९३ हजार २५० कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि रहेकाे छ ।
लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानियले असार १३ गतेसम्म आवेदन दिन सक्नेछन् । साे मितिसम्म पूरा आवेदन नपरेमा असार २९ गतेसम्म आवदन दिन सकिनेछ । उता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार १३ गतेसम्म आवेदन दिन पाउनेछन्।
लगानीका लागि स्थानियले सिटिजन्स बैंक इन्टरनेशनलको लिखुपिके शाखा, ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गाउँपालिका वडा नं. ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नं. २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सेबाेनबाट अनुमति पाएका सम्पूर्ण सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र ताेकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य…
बेइजिङ, ८ मङ्सिर । चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी…
काठमाडौं, ८ मंसिर । नेपाली बजारमा मंसिर ८ गते, मंगलबार सुन र चाँदी दुवैको मूल्यमा… 




