
काठमाडौं, २४ जेठ । सान्भि इनर्जीको आइपीओ जेठ २६ गते बाँडफाँट गरिने भएकाे छ । बिक्री प्रबन्धक रहेकाे नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका अनुसार जेठ २६ गते सोमबार सान्भि इनर्जीको आइपीओ बाँडफाँट गरिने भएकाे हाे ।
आइपीओमा मागभन्दा १०.७१ गुणा बढी आवेदन परेकोले गोलाप्रथाबाट आइपीओ बाँडफाँट गरिने भएकाे छ । २१ लाख ८ हजार २३२ जनाले २ करोड ५८ लाख ९० हजार ६२० कित्ता माग गरेका छन् ।
यसमा २ लाख ४१ हजार ५३० जनाले सेयर पाउने छन् भने बाँकी १८ लाख ६६ हजार ७०२ जनाको हात खाली हुनेछ । कम्पनीले जेठ ९ देखि १३ गतेसम्म रुपैयाँ २४ करोड १५ लाख ३० हजार बराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर बिक्रीमा ल्याएकाे थियाे ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




