ग्रामीण विकास र समाज लघुवित्तले पाए मर्जरकाे सहमति

-



     सफल आवाज    
     जेठ २५ गते २०८२ मा प्रकाशित



काठमाडौं, २५ जेठ । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई एक आपसमा गाभिनका लागि सैद्धान्तिक सहमति दिएकाे छ ।

राष्ट्र बैंकले जेठ २२ गते पत्र पठाएर सैद्धान्तिक सहमति दिएको जानकारी गराएको जनाइएकाे छ । दुबै लघुवित्तले गएकाे फागुन १८ गते मर्जरका लागि सम्झौता गरेका थिए ।