
काठमाडौं, १६ असार । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेमा शेयरमूल्य समायोजन गरेर मूल्य ताेकिएकाे छ ।
नेप्सेका अनुसार इन्स्योरेन्सकाे १० प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । समायोजनपछि शेयरमूल्य ८२५ रुपैयाँ ७८ पैसा भएको छ। याे भाउ अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरिएकाे हो। आइतबार दोस्रो बजारमा ९०८ रुपैयाँ ३६ पैसा रहेकाे थियाे । अब समायाेजन गरिएकाे साेहि भाउकाे आधारमा दोस्रो बजारमा कारोबार हुनेछ ।
इन्स्योरेन्सकाे २३ औँ वार्षिक साधारण सभा असार ३० गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बोलाइएको छ। सभा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमाेदन गर्नेछ। यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनकाे अख्तियारी सञ्चालक समितलाई दिने, सर्वासधारण शेयरधनीबाट १ जना सञ्चालककाे चयन गर्ने, संस्थापक शेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्तिकाे अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्ति र निजकार् पारिश्रमिक ताेक्ने लगायतका प्रस्तावहरु अनुमाेदन गरिनेछ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




