बन्दीपुर केबलकारले पायाे आईपीओ निष्काशनकाे अनुमति

-



     सफल आवाज    
     असार १९ गते २०८२ मा प्रकाशित



काठमाडौं, १९ असार । पहाडकी रानीकाे नामले परिचित तनहुँकाे बन्दीपुरमा रहेकाे बन्दीपुर केबलकार एन्ड टुरिजमले शेयर (आईपीओ) निष्काशनकाे अनुमति पाएकाे छ ।

सेबाेनका अनुसार बन्दीपुर केबलकारले आज शेयर निष्काशनकाे अनुमति पाएकाे हाे । बोर्डले कम्पनीलाई रुपैयाँ ५८ करोड ६० लाख बराबरको शेयर निष्काशकाे अनुमति दिएको हाे ।

कम्पनीले रुपैयाँ १०० अंकित मूल्यमा ५८ लाख ६० हजार कित्ता शेयर खुलाउने भएकाे छ । जाे जारी पुँजीको २०.७१ प्रतिशत बराबरको हुने जनाइएकाे छ।

कम्पनीमा संस्थापक समूहबाट रुपैयाँ २ अर्ब २४ करोड ४० लाख बराबरको शेयर स्वामित्व छ। याे भनेकाे जारी पुँजीको ७९.२९ प्रतिशत हो।

कम्पनीको शेयर बिक्रीपछि चुक्ता पुँजी रुपैयाँ २ अर्ब ८३ करोड पुग्ने भएकाे छ। शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।