
काठमाडौं, २७ असार । ग्लोबल आइएमई क्यापिटल क्यापिटलले असार २२ गतेदेखि निष्काशन गरेकाे सामूहिक लगानी कोष ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई खरिदका लागि आजसम्म आवेदन दिन सकिने भएकाे छ ।
लगाननीकर्ताहरुबाट माग गरिएकाेभन्दा धेरै आवेदन परेकाेले आजसम्म आवेदन दिन सकिने भएकाे हाे । आज बैंकिङ्ग समय पछि इकाई खरीदका लागि आवेदन लिन बन्द गरिने भएकाे छ। यसअघि साउन ४ गतेसम्म आवेदन दिन सकिने मिति ताेकिएकाे थियाे ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। याे १० वर्षे बन्दमुखी प्रकृतिको योजना ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने योजना हाे ।
कुल १२ करोड इकाईको १५ प्रतिशत इकाईबाट १.५ प्रतिशत अर्थात १८ लाख इकाई योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलका लागि रहेकाे छ । १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई बीज पूँजीको रुपमा राखीने भएकाे छ भने बाँकी रहने १० करोड २० लाख इकाई सर्वसाधरणका लागि रहेकाे छ । यसमा घटीमा १०० देखि १ करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन सकिनेछ।
योजनाको इकाईमा सेबाेनबाट स्वीकृति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन सकिने भएकाे छ। साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।
योजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।








दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
काठमाडौं, ८ मङ्सिर। ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ… 




