बरुण हाइड्रोपावरकाे हकप्रदमा आजदेखि आवेदन खुला

-



     सफल आवाज    
     असार ३१ गते २०८२ मा प्रकाशित



काठमाडौं, ३१ असार । बरुण हाइड्रोपावर कम्पनीले आजदेखि हकप्रद शेयर निष्काशन गरेकाे छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गरेकाे जनाएकाे छ ।

कम्पनीले हाल कायम रहेकाे १ कित्ता बराबर नयाँ १ कित्ता रेसियाेमा हकप्रद शेयर निष्काशन गरेकाे हाे । अर्थात ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गरिएकाे छ । यसकाे अंकित दर रुपैयाँ ज्ञ सय रहेकाे छ ।

हकप्रद शेयर खुलाउने साे प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुकक्लोज गरिसकेकाे छ । जस अनुसार जेठ २१ गतेसम्म नेप्सेमा कारोबार गरेरका कायम भएका शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्। यसमा साउन १९ गतेसम्म आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक तथा राष्ट्रिय वाणिज्य बैंकका विरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खांदबारी र धरान शाखा कार्यालयबाट आवेदन दिन सक्ने भएका छन्।

कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्ने भएकाे छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।