कामना सेवा विकास बैंक बन्याे वित्तीय विवरण प्रकाशन गर्ने पहिलाे बैंक

-



     सफल आवाज    
     श्रावण २ गते २०८२ मा प्रकाशित



काठमाडौं, २ साउन । कामना सेवा विकास बैंक गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरुमा पहिलाे भएकाे छ । बैंकले आज सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार नाफामा सामान्य बढेकाे देखिएकाे छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणमा बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको पाइएकाे छ।

गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेकाे थियाे । यो अघिल्लो वर्षको सोही अवधिकोभन्दा ९.१९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेकाे थियो। बैंककाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि खुद नाफामा सहयाेग पुगेकाे हाे ।

बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशतले र खुद फि तथा कमिशन आम्दानी १५.०४ प्रतिशतले बढेको छ । कुल सञ्चालन खर्च ४.१९ प्रतिशतले र सञ्चालन मुनाफा १.९७ प्रतिशतले बढेको छ।

बैंकको कुल वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३० पैसा रहेको जनाइएकाे छ।

प्रतिशेयर आम्दानी ३७ पैसा बढेर १८ रुपैयाँ १० पैसा भएकाे छ। नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे भने २७.६९ गुणा छ।

बैंकको चुक्ता पूँजी ३ अर्ब ५१ करोड ८ लाख रहेकाे छ । जगेडामा २ अर्ब ३९ करोड १८ लाख छ। असार सकिदासम्म ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेकाे छ भने ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको जनाइएकाे छ।