माबिलुङ्ग इनर्जीको आईपीओमा आवेदन दिने अन्तिम दिन

-



     सफल आवाज    
     श्रावण ४ गते २०८२ मा प्रकाशित



काठमाडौं, ४ साउन । माबिलुङ्ग इनर्जीले असार २२ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।

जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गरेकाेमा ३ करोड ८५ लाख ८२ हजार ४०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि रहेकाे छ ।

शेयर खरिदका लागि संखुवासभा जिल्लाको मादि नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका वडा नं. २, ३, ७, ८, ९ मा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुले आवेदन दिन पाइनेछ। सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुने १ करोड ५० लाख ४७ हजार १०० रुपैयाँ बराबरको १ लाख ५० हजार ४७१ कित्ता विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि रहेकाे छ ।

लगानीकर्ताले घटीमा १० कित्ताका लागि आवेदन दिन पाइनेछ । बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। स्थानिय ग्लोबल आइएमई बैंक, चैनपुर, हिमालयन बैंक मादि नगरपालिका, लक्ष्मी सनराइज बैंक, खाँदबारी र आयोजनाको पावरहाउस रहेको संखुवासभा जिल्ला, मादि नगरपालिका वडा नं. ७ बाट आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साेबाेनबाट अनुमाति पाएका सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाटआवेदन दिन सक्नेछन्।

शेयर निष्काशन तथा बिक्री प्रबन्धककम लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।