राष्ट्र बैंकद्वारा रु ५० का नयाँ नोट छाप्न प्रस्ताव आह्वान

-



     सफल आवाज    
     श्रावण ९ गते २०८२ मा प्रकाशित



काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले रुपैयाँ ५० दरका नयाँ नोट छाप्ने तयारी गरेकाे छ । बैंकले यसका लागि प्रक्रियालाई अगाडि बढाएको जनाएकाे छ।

नयाँ नाेट छपाइका लागि राष्ट्र बैंकले आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेकाे छ । जसअनुसार ४२ कराेड थान नयाँ नोट छाप्नका लागि प्रस्ताव पेश गर्न चाहने कम्पनीहरुलाई आव्हान गरिएकाे छ।

नयाँ नाेट छाप्न चाहने कम्पनीले आगामी सेप्टेम्बर ७ तारिखसम्म बोलपत्र प्रस्ताव पेस गर्नुपर्ने अवधि ताेकिएकाे छ। बोलपत्रलाई राष्ट्र बैंकको थापाथलस्थित बैंकिङ विभागमा बुझाउनु पर्नेछ ।

बोलपत्रकाे प्रस्ताव पेस गर्दाखेरि २० हजार रुपैयाँ वा १४६ अमेरिकी डलर वा १२६ युरो वा १०९ पाउन्ड धरौटी राख्नुपर्ने जनाइएकाे छ। यसमा बैंकले छानेकाे कम्पनीले नयाँ नोटकाे डिजाइन, छपाइ र आपूर्तिको काम गर्नेछ ।