
काठमाडौं १५ साउन । महुली लघुवित्त वित्तीय संस्थाकाे नाफा उल्लेख्य बढेकाे छ । संस्थाकाे सार्वजनिक भएकाे ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा बढेकाे छ । साथै प्रतिशेयर आम्दानी पनि बढेको छ।
संस्थाले गत आर्थिक वर्षमा ११ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा २५५.८० प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा याे नाफा ३ करोड २१ लाख रुपैयाँ थियाे ।
खुद ब्याज आम्दानी ४३.०२ प्रतिशतले बढेकाे छ । सञ्चालन आम्दानी २.५२ प्रतिशतले, कुल सञ्चालन आम्दानी ३६.३० प्रतिशतले र सञ्चालन मुनाफा २३२.३३ प्रतिशतले बढेको छ। वितरणयोग्य मुनाफा १२ करोड ४१ लाख रुपैयाँ रहेकाे छ । साथै वितरणयोग्य प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ५७ पैसा रहेको विवरणमा उल्लेख छ।
लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९८ पैसा बढेर ३० रुपैयाँ ८६ पैसा कायम भएकाे छ। प्रतिशेयर नेटवर्थ २१४ रुपैयाँ ३९ पैसा रहेको छ । साथै मूल्य आम्दानी रेसियाे ४१.८६ गुणा छ।
लघुवित्तको चुक्ता पूँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेकाे छ । यसकाे जगेडामा ४२ करोड ३१ लाख रुपैयाँ छ। गत आर्थिक वर्षको अन्त्यसम्म संस्थाले ४ अर्ब ७४ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरेकाे छ । सापटीबाट ५ अर्ब २४ करोड ७९ लाख रुपैयाँ कर्जा लगानी गरेको देखिएकाे छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




