
काठमाडौं, २३ साउन । एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा नाफा कमाएकाे छ । संस्थाको सार्वजनिक भएकाे गत आर्थिक वर्षकाे चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार संस्थाकाे नाफामा सुधार भएकाे हाे । अघिल्लो आर्थिक वर्षमा संस्था नोक्सानीमा थियाे ।
गत आर्थिक वर्षमा लघुवित्तले ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको हाे । अघिल्लो आर्थिक वर्षमा लघुवित्तकाे नाेक्सानी ५ करोड २९ लाख रहेकाे थियो। संस्थाकाे खुद ब्याज आम्दानी बढेको कारण तथा इम्पेरमेन्ट चार्ज रिभर्स भएकाेले नाफा भएकाे हाे ।
खुद ब्याज आम्दानी ६१.८३ प्रतिशतले तथा खुद फि तथा कमिशन आम्दानी ४२.२५ प्रतिशतले बढेकाे छ । कुल सञ्चालन आम्दानी ५९.२२ प्रतिशतले बढेको छ।
संस्थाकाे अघिल्लो आर्थिक वर्षमा सञ्चालन मुनाफा ५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेकोमा गत आर्थिक वर्षमा ६ करोड ८८ लाख रुपैयाँ धनात्मक भएको छ। गएकाे असार मसान्तसम्म ३ करोड ५ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स षरेकाे छ । यसैकाे कारण सञ्चालन मुनाफा र खुद नाफा बढेकाे हाे ।
प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८५ पैसा रहेको छ । नेटवर्थ १४० रुपैयाँ ६१ पैसा छ। वितरणयोग्य नाफा ४ करोड ७५ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५९ पैसा छ।
एनएमबि लघुवित्तकाे चुक्ता पूँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २९ करोड २९ लाख रुपैयाँ छ। गत आर्थिक वर्षको अन्त्यसम्म ५ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरेका छ । सापटीबाट ६ अर्ब ७५ करोड रुपैयाँ कर्जामा लगानी गरेको जनाइएकाे छ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




