चाँदी आयातमा अमेरिकी डलरको सटही सुविधा अब ५ लाख

-



     सफल आवाज    
     भाद्र १ गते २०८२ मा प्रकाशित



काठमाडौं, १ भदाै । नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि सुविधा बढाएकाे छ । बैंकले चाँदी आयातका लागि अमेरिकी डलरको सटही सुविधाको सीमा बढाएको हाे ।

केन्द्रीय बैंकका अनुसार विनिमय कारोबार गर्ने निकायको एकीकृत निर्देशनमा संशोधन गरेर यसखालकाे सुविधा बढाएको उल्लेख छ।

याे सुविधापछि सुनचाँदीको व्यवसाय गर्ने उद्योगले चाँदीको गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा बनाउन, औद्योगिक कच्चा पदार्थका रुपमा ल्याउन सक्नेछन् ।

यस्तै, आफ्नै प्रयोजनका लागि आयात गर्दाखेरि हरेक पटकमा अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा हुनेछ । यससअघि याे सटही सुविधा ३ लाख डलरसम्म रहेकाे थियो।

संशोधन गरिएको एकिकृत परिपत्र यहाँ छ