पाेखरामा पनि कर्फ्यु आदेश जारी

-



     सफल आवाज    
     भाद्र २३ गते २०८२ मा प्रकाशित



काठमाडौं, २३ भदौ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकामा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

पाेखरामा जेनजीको प्रदर्शन नियन्त्रण बाहिर जानथालेपछि प्रशासनले पोखरा महानगरपालिकामा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हाे।

काठमाडौंकाे प्रदर्शनमा केहि युवा मृत्यु भएपिछ उनीहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीमा दुइफटक घेराउ र नारावाजि गरेका छन् । उनीहरुले गाेलि हान्न पाइदैन, मान्छे मार्न पाइदैन, सरकारकाे निर्णय फिर्ना लिनुपर्ने नारा लगाएका छन्।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा दिउँसो २ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएकाे हाे । अर्को आदेश नभएसम्मका लागि पूर्वतर्फ वाइचोक, उत्तरपूर्वतर्फ मिलनचोक, पश्चिमतर्फ फिस्टेगेट (बैदाम), उत्तरतर्फ मालमोत कार्यालय र दक्षिणतर्फ राष्ट्रबैङ्कचोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालयअगाडि, ड्यामसाइड) सम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

‘जेनजी’को प्रदर्शन अराजक बनेपछि सुरक्षाका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । आदेशमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन र सभा गर्न नपाइने उल्लेख छ।