राष्ट्रपति पौडेलद्वारा सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

-



     सफल आवाज    
     भाद्र २७ गते २०८२ मा प्रकाशित



काठमाडौं, २७ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् ।पाैडेलले कार्कीलाई संविधानको धारा–६१ अनुसारप्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

जेन–जीकाे आन्दोलनका कारण सरकारले घुँडा टेकेपछि कार्की संविधानको धारा–६१ मा भएकाे प्रावधान अनुसार प्रधानमन्त्रीमा नियुक्त भएकि हुन् ।

नेपालको संविधानको धारा–६१ मा राष्ट्रपतिकाे अधिकारकाे बारेमा व्यवस्था रहेकाे छ । तर प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको बारेमा उल्लेख छैन ।

संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्था रहेकाे छ । राष्ट्रपतिले संविधान र संघीय कानून अनुसार कार्य सम्पादन गर्ने व्यवस्था राखिएकाे छ ।

राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने, संविधानको पालना र संरक्षण गर्ने व्यवस्था राखिएकाे छ । राष्ट्रपतिले आफ्नो काम, कर्तव्य र क्षेत्राधिकारको विषय उल्लेख भएको धारा अनुसार कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।