
काठमाडौं, ३ असोज। देशकाे बैंकिङ प्रणालीमा ७३ खर्ब ६ अर्ब निक्षेप पुगेकाे छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार देशको बैंकिङ्ग प्रणालीमा संकलित कुल निक्षेप ७३ खर्ब नाघेको हाे।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ ३० गते सोमबार एकैदिनमा ५ अर्ब रुपैयाँले बढ्दै कुल निक्षेप ७३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको बताइएकाे छ।
भदौ २९ गते आइतबारसम्म बैंकिङ्ग प्रणालीमा ७३ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन भएको थियो। निक्षेप संकलनमा सबैभन्दा ठूलो हिस्सा वाणिज्य बैंकहरुको रहेको छ।
वाणिज्य बैंकहरुले आइतबारसम्म ६५ खर्ब ५० अर्ब निक्षेप संकलन गरेका थिए भने सोमबारसम्म यो रकम ६ अर्बले बढेर ६५ खर्ब ५६ अर्ब पुगेको छ।
कर्जा प्रवाहतर्फ पनि उस्तै वृद्धि देखिएको छ। बैंक तथा वित्तीय संस्थाहरुबाट भएको कर्जा प्रवाह आइतबारसम्म ५६ खर्ब २२ अर्ब रुपैयाँ थियो भने सोमबारसम्म यो ३ अर्बले बढेर ५६ खर्ब २५ अर्ब पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
वाणिज्य बैंकहरुको कर्जा प्रवाहमा पनि समान अनुपातमा वृद्धि भएको छ। आइतबार ४९ खर्ब ९९ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले सोमबारसम्म ५० खर्ब २ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
यसबीच, औसत क्रेडिट डिपोजिट (सीडी) रेसियोमा भने गिरावट आएको छ। आइतबार ७६.०५ प्रतिशत रहेको औसत सीडी रेसियो सोमबार ७६.०४ प्रतिशतमा झरेको छ। साथै, अन्तर बैंक ब्याजदर पनि २.७५ प्रतिशतमा स्थिर रहेको राष्ट्र बैंकले जनाएको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




