चौधरी ग्रुपले जेन-जी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारका एक जनालाई रोजगारी दिने

-



     सफल आवाज    
     असाेज २२ गते २०८२ मा प्रकाशित



काठमाडौं,२२ असोज । चौधरी ग्रुपले जेन-जी आन्दोलनमा शहीद भएका प्रत्येक परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ।

जेन जी आन्दोलनका शहिदप्रति चौधरी ग्रुपको तर्फबाट श्रध्दाञ्जलि तथा परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक संजाल फेसबुक मार्फत यो घोषणा गरेका हुन।

यो केवल वाचा मात्र नभइ गहिरो कर्तव्य र श्रद्धा स्वरुप जेन जि आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्न लागिएको उनले बताएका छन।

उक्त आन्दोलनका क्रममा निजी निवास, कार्यालय, शोरूम र उद्योगहरूमा भएको ठूलो क्षति र विध्वंसले गहिरो पीडा दिएपनि दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढिस सकेको समेत उल्लेख गरेका छन।

हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ- प्रबन्ध निर्देशक चौधरीले भनेका छन।