
काठमाडौं, ३० असाेज । भदाै २३ र २४ गत भएकाे जेन्जीकाे आन्दाेलन पछि अन्तरीम सरकारले काम गरिरहेकाे छ भने निर्वाचन आयाेगले निर्वाचन सम्पन्न गर्नका लागि दल र सराेकारवालाहरुबीच छलफ गरिरहेकाे छ ।
याे समयमा आगामी निर्वाचनलाई मध्येनजर गरेर नयाँ दलहरुकाे उदय भइरहेकाे छ । याे क्रममा सफल व्यवसायी, बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतले पार्टी खोलेका छन्। बस्नेतले दुई बर्षकाे तयारी गरेर पार्टी खाेलेकाे बताएका छन् ।
बस्नेतले निर्वाचन आयोगमा दर्ता गराएकाे पार्टीकाे नाम गतिशील लोकतान्त्रिक पार्टी हाे। निर्वाचन आयोगले बिहीबार साे पार्टी दर्ता गरेको हो।
पार्टीको अध्यक्षमा डा. दिनेश प्रसाईंलाई रहेका छन्। बस्नेत सदस्य रहेका छन्। पार्टीको महासचिवमा पियुस कायस्थ रहेका छन्। निर्वाचन आयोगले पार्टीकाे चुनाव चिह्न ‘दीपज्योति’ प्रदान गरेको छ।
अध्यक्ष डा. प्रसाईं समाजशास्त्री हुन् । उनले त्रिभुवन विश्वविद्यालयमामा एमफिल र पिएचडी अध्यापन गराउछन् । बस्नेत बितेका १५ बर्षदेखि पर्यटन व्यवसायमा काम गरिरहेका व्यक्ति हुन् । कायस्थ कृषि विज्ञ हुन् ।
पार्टीमा कुनै पनि सदस्य, एकै पदमा दुई कार्यकालको लागि मात्र बहाल रहने व्यवस्था राखिएकाे छ। पार्टीको जुनसुकै कार्यसमितिको पदमा सोह्र वर्षसम्म बहाल रहेपछि कुनै पनि पदमा नियुक्त हुन नपाउने व्यवस्था राखिएकाे छ ।
पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने र सार्वजनिक पद मन्त्री, प्रधानमन्त्रीमा दुई चोटीभन्दा बढी प्रतिनिधित्व गर्न नपाइने व्यवस्था राखिएकाे छ।
पार्टीका गतिविधिहरु सफ्टवेयरको माध्यमबाट निगरानी गरिनेछ । नजिकिएकाे चुनाव बाहेक आगामी चुनावहरुमा स्थानीय स्तरबाटै सबैको सहभागितामा उम्मेदवार छानिने भएकाे छ । पार्टीका सबै तहमा चेतनशील, कर्मठ, समावेशी नेतृत्व हुने पार्टीकाे आह्वानपत्रमा लेखिएकाे छ ।
यस्ता छन् पार्टीका प्रावधानहरु
२. पार्टीको जुनसुकै कार्यसमितिको पदमा सो¥ह वर्षसम्म बहाल रहेपछि, पार्टीको कुनै पनि कार्यसमितिको पदमा नियुक्त हुन नपाउने।
३. पार्टी कार्य समितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने।
४. सार्वजनिक पद मन्त्री, प्रधानमन्त्रीमा दुई चोटीभन्दा बढी प्रतिनिधित्व गर्न नपाइने।
५. पार्टीको हरेक गतिविधि खुल्ला सफ्टवेयरको माध्यमबाट निगरानी गर्ने।
६. निकटको चुनाव बाहेक आगामी चुनावहरुमा स्थानीय स्तरको शुरुवाती तहबाटै सबैको सहभागितामा उम्मेदवार छान्ने।
७.पार्टीको सबै तहमा चेतनशील, कर्मठ, समावेशी नेतृत्व हुने।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




