
भक्तपुर, ५ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज बालकोटस्थित आफ्नो निवास अवलोकन गरेका छन्। उनले जेनजी आन्दोलनका क्रममा जलेर भग्नावशेषमा परिणत भएको घरको अवलोकन गरे।
अध्यक्ष ओलीले आफ्नो निवास परिसरभित्र रहेका पुस्तकालय, सुरक्षाकर्मीको घरसहितका संरचना अवलोकन गरे। अवलोकनपछि अध्यक्ष ओलीले भने, “यो मेरो सम्पत्ति थिएन, यो सरकारको सम्पत्ति हो ।
हामीले त बाँचुन्जेल बास बस्न र खानका लागि मात्रै प्रयोग गरेको हो । अब त त्यो अवस्था पनि रहेन ।” अध्यक्ष ओलीले थप भने, “मेरो श्रीमतिले राष्ट्र बैंकमा ३३ वर्ष गरेको दुःखबाट सृजना गरेको सम्पत्ति हो यो, यो सबै राज्यका नाममा दिइसकेका थियौँ, यहाँका ऐतिहासिक दस्तावेजहरू, दुर्लभ किताबहरू, महत्त्वपर्ण सामानहरू जलाउँदा राज्यलाई नै क्षति भएको छ ।”
जेनजी आन्दोलनका नाममा भएका तोडफोड, लुटपाट र आगजनीका घटना भयानक षड्यन्त्र भएको बताउँदै अध्यक्ष ओलीले भने, “मैले यहाँ धेरै भन्नुपर्ने केही छैन । तस्बिर आफैँ बोलिराख्या छ । जसरी छानीछानी व्यक्तिका घरहरू जलाइएको छ । यो आश्चर्यजनक छ ।”
आन्दोलनका नाममा योजनाबद्ध रूपमा मुद्दाका मिसिलहरू, सिंहदरबारका ऐतिहासिक दस्तावेज, उद्योग–व्यवसाय, स्कुल र निजी सम्पत्तिहरू जलाएर ‘नेपालविरुद्धको भयावह षड्यन्त्र’ भएको उनको भनाइ छ । उनले सम्पूर्ण घटनाको निष्पक्ष छानबिनको माग गर्दै दोषीमाथि कडा कारबाही गर्नुपर्नेमा जोड दिए।
अध्यक्ष ओलीसँगै अवलोकनमा रहेकी उनकी पत्नी राधिका शाक्यले जलेको घरलाई अब केही नगर्ने र यतिकै छाडिदिने बताइन्। अनुगमनका क्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत, नेताहरू भानुभक्त ढकाल, विशाल भट्टराई, एमाले जिल्ला उपाध्यक्ष किरण थापालगायत एमालेका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




