
काठमाडौं, ९ कार्तिक । नारायणी डेभलपमेन्ट बैंकले असोज २ गतेदेखि निष्काशन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। बैंकले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद कात्तिक ९ गते आजसम्म थपिएकाे थियाे।
बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता रेसियाेमा हकप्रद शेयर निष्काशन गरेको हो। बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा २६ लाख २४ हजार ६७६ कित्ता निष्काशन गरेकाे हाे ।
शेयर निष्काशनकाे प्रयोजनका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। यसमा आवेदन दिनका लागि शेयरधनीहरुले भदौ ८ गतेसम्म नेप्सेमा शेयर काराेबार गरेकाे हुनुपर्नेछ ।
शेयरमा लगानीका लागि लगानीकर्ताले बिक्री प्रबन्धक, ग्लोबल आइएमई बैंकको भुमही, नवलपरासी शाखा तथा नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय कार्यालय, यज्ञपुरी शाखा, टाँडी शाखा, पर्सा शाखा र नारायणगढ शाखा कार्यालयबाट आवेदन दिन पाउनेछन्।
यस्तै सेबाेनबाट अनुमति लिएका सिआस्बा सेवामा सहभागी भएका बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।
बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद शेयर बिक्रीपछि चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




