
काठमाडौं, १२ कात्तिक । सोल्टी होटलले लाभांश घोषणा गरेको छ। हाेटलका अनुसार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरिने साे लाभांश घोषणा गरेको हाे।
कम्पनीले १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १६.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएकाे छ । कम्पनी कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश प्रस्ताव पारित गर्नका लागि ५१ औँ वार्षिक साधारण सभा मंसिर २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौँमा बिहान १० बजे डाकिएकाे छ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर ५ गतेदेखि २८ गतेसम्म बुकक्लोज गरिनेछ। सभामा भाग लिन र लाभांश पाउन याेग्य हुनका लागि शेयरधनीहरुले मंसिर ४ गतेसम्म नेप्सेमा शेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








महेन्द्रनगर, ८ मङ्सिर। कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि रु…
दमौली (तनहुँ), ८ मङ्सिर। तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा सुरु गरेको…
काठमाडौ, ८ मंसिर । युनिलिभर नेपाल लिमिटेड (UNL) को लाभांश सुरक्षित गर्ने आज (मंसिर ८…
काठमाडौं, ८ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




