सानिमा बैंकको सीईओमा पवनकुमार आचार्य नियुक्त

-



     सफल आवाज    
     कार्तिक २५ गते २०८२ मा प्रकाशित



काठमाडौं, २५ कात्तिक । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्यलाई नियुक्त गरिएकाे छ । 

साेमबार बसेकाे बैंककाे सञ्चालक समितिको बैठकले आचार्यलाई आउने माघ १२ गतेदेखि लागु हुनेगरी प्रमुख कार्यकारी अधिकृतमा पदमा नियुक्त गरेको हो ।

हाल साे पदमा कार्य गरिरहेका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गतेदेखि सकिने भएकाेले सञ्चालक समितिले आचार्यलाई नियुक्त गरेको हो । आचार्य अहिले नायब प्रमुख कार्यकारी अधिकृतकाे रुपमा काम गरिरहेका छन् ।