
काठमाडौं, २६ कात्तिक । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरकाे खुद नाफा बढेकाे छ । कम्पनीकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३४०.२३ प्रतिशतले बढेकाे छ।
कम्पनीले चालु आर्थिक वर्षको असोजसम्ममा १ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ३४०.२३ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षमा कम्पनीले ४४ लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेकाे थियो।
विद्युत बिक्री आम्दानी १५.१८ प्रतिशतले बढेको छ । कुल नाफा भने २४.८५ प्रतिशतले बढेको छ। वित्तीय खर्च ३०.६९ प्रतिशत घटेको छ। कम्पनीले असोजसम्म १४ लाख ५७ हजार रुपैयाँ अन्य आम्दानी गरेको छ।
नाफासँगै प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५४ पैसा बढेर ९ रुपैयाँ ७६ पैसा भएकाे छ। प्रतिशेयर नेटवर्थ ६६.२१ रुपैयाँ छ । मूल्य आम्दानी रेसियाे ३९.२३ गुणा रहेको छ। कम्पनीको चुक्ता पूँजी ८० करोड रहेको छ भने रिटेन्ड अर्निङ्ग २७ करोड ३ लाख रुपैयाँ ऋणात्मक छ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




